नेपालमा चीनको पैसा प्रयोग

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

नेपालमा चीनको पैसा प्रयोग

काठमाडौ । चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् ।

काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा भएको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह गरेका हुन् ।

ठगुना एमाले अध्यक्ष ओलिका बिश्वासका पात्र र चिनसंग निकट सम्बन्ध भएको नेताको रुपमा चिनिएका छन् । बेला बेला उहाँले भारत बिरोधि गतिविधि गराउन चिनियाँ लगानिमा कार्यक्रम आयोजना गर्ने गरेका छन्

माओवादी केन्द्रका नेता श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन् । श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन् ।