नेपालको निर्यातमा चीनको अवरोध

२ बर्ष अघि

२0७९ भाद्र १२ आईतवार

नेपालको निर्यातमा चीनको अवरोध

काठमाडौ । उत्तरी छिमेकी चीनलाई नेपालको भरपर्दो मित्रराष्ट्रको रूपमा परिभाषित गर्नेहरूको फेहरिस्त नेपालमा सानो छैन । पञ्चायतको तीस वर्षमा यही भाष्य स्थापित गर्ने काम भइरह्यो । नेपालका वामपन्थीहरूको नजरमा त चीन दोषरहित मुलुक नै हो । अध्यात्ममा विश्वास राख्नेहरू देवताबाट गलती हुन सक्दैन भन्ने मान्यता राखेझैं वामपन्थीहरू चीनलाई दोषरहित मित्रराष्ट्रको संज्ञा दिने गर्छन् । जबकि यथार्थमा चीन पनि गुण र दोष युक्त छिमेकी नै हो । विगत साढे सात वर्षदेखि उत्तरी छिमेकी चीनको नेपालप्रति हेपाहा प्रवृत्ति र उपेक्षापूर्ण व्यवहारका कारण नेपालको निर्यात व्यापार ठप्प मात्रै परेको छैन, अपितु चीनबाट आयात गरेर नेपालमा व्यापार खोज्ने व्यापारीहरू पनि करोडौं रुपैयाँको घाटा सहन बाध्य भएका छन् । बाध्य भएर कतिपयले त उत्तरी नाकाबाट व्यापार नै गर्न छाडिसकेका छन् । शुरूका केही वर्षमा २०७२ देखि २०७६ सम्म भूकम्पको नाममा र त्यसपछि झन्डै तीन वर्षदेखि कोरोनाको नाममा चीनले उत्तरी नाका बन्द गरेकोले नेपालले अर्बौं रुपैयाँको घाटा सहनुपरिरहेको छ ।

चीनसँगको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । आव २०७५र७६ मा दुई खर्ब पाँच अर्ब ५१ करोड रुपैयाँको आयात भएको देखिन्छ । यस वर्ष नेपालको चीनमा निर्यात भने दुई अर्ब १० करोड रुपैयाँको मात्रै भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारी नाका रसुवागढीबाट नेपालले आव २०७६र७७ को पहिलो तीन महीनामा १४ अर्बभन्दा बढीको सामान आयात गरेको छ तर २०७५र७६ को तीन महीनामा १० अर्बभन्दा बढीको सामान आयात भएको थियो । आव २०७६र७७ को पहिलो तीन महीनामा नेपालबाट चीनतर्फ जडीबुटी र हस्तकलाका सामान निर्यात हुने गरेको छ । तातोपानी नाका बन्द भएको अवस्थामा २०७१ सालदेखि औपचारिकरूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा व्यापारी, व्यवसायी र सवारीका चाप बढ्दै गएको थियो । आव २०७७र७८ मा रु एक खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ । आव २०७५र७६ मा नेपालको चीनमा निर्यात भने दुई अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ । आव २०७७र७८ मा रु एक अर्ब १९ करोडको नेपाली सामान निर्यात भएको देखिन्छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी र तातोपानी नाकाबाट आव २०७७र७८ को अघिल्ला दुई महीनामा कोरोना भाइरसका कारण र चीनबाट बाटो बन्द गरिएको कारण सामान आयात र निर्यात भएको देखिंदैन । २०७७ को दशैं व्यापारका लागि कोलकाता बन्दरगाहबाट सामान मगाउने कुरा भइरहेको थियो । आव २०७७र७८ मा चीनसँग वैदेशिक व्यापार नै भएको देखिंदैन । नेपालको लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ ।

विगतमा चिनियाँ भाषामा मात्रै लेखिएका सामग्रीको नेपाल आयातमा नेपाली पक्षले जाँचपास गर्न छाडेपछि चिनियाँ पक्षले सोको बदलामा नेपाली वस्तुको प्रवेशमा अवरोध गरेको थियो । विगतमा चिनियाँ सामान नेपाल आउँदा चिनियाँ भाषामा लेखिएको हुन्थ्यो अनि नेपाली पक्षले भन्सार तथा क्वारेन्टाइनमा भाषा नबुझेपछि उत्पादन मिति, उपभोग गर्नुपर्ने अन्तिम मितिजस्ता विवरण अङ्ग्रेजीमा लेखेर ल्याउनु भनेसँगै सोको प्रतिक्रियामा नेपाली खाद्य वस्तुका लेबल पनि चिनियाँ भाषामा ल्याउन भनेर चीन सरकारले रोक लगाएको थियो । यसरी विभिन्न बहानामा चीनले नेपाली खाद्य वस्तुको निर्यातमा रोक लगाउँदै आएको छ । नेपालबाट चीनतर्फ जाने खाद्य सामग्रीमा चिनियाँ भाषामा लेबल राख्नुपर्ने नियमले केही महीना निर्यातमा रोक लागेको थियो । त्यसपश्चात् नेपाली सामान चीनतर्फ जान सकेको छैन । नेपाली खाद्य वस्तु निर्यात