दुहुँमा पुरानो पहिचानका साँथ ब्रम मन्दिरको निर्माण हुदै 

५ बर्ष अघि

२0७५ आश्विन ९ मंगलवार

दुहुँमा पुरानो पहिचानका साँथ ब्रम मन्दिरको निर्माण हुदै 

राम सिह धामी दृष्टिकोण समाचार दार्चुला 
दार्चुला जिल्लाको दुहँु गाँउपालिकामा जिल्लाकै नमुना देवस्थल अर्थात ब्रम मन्दिर निमार्ण भईरहेको छ । 
दुहँु बासिहरुले धार्मीक संस्कृतिको धरोहरका रुपमा प्रचलित ब्रम मन्दिरको निर्माण कार्य भईरहेको र दार्चुला जिल्ला भरिकै नमुना मन्दिर निर्माण रहेको मन्दिर मिर्माण समतिका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो । 
ब्रमदेवताको मन्दिर पुरानो तथा प्रचिनकालमा बनेका बिभिन्न मुर्तिहरु रहेकले त्यस्को संरक्षण गर्नकालागी विभिन्न भगवानका मुर्तिहरुको संरक्षणमा ब्रम मन्दिरको निर्माणमा सबै स्थानीयहरु तथा दुहुँ गाँउपालिकाको आर्थिक सहयोगमा २०७४ मंसिर महिनाबाट निर्माण गरिन लागेको र देशैमा निर्माण कार्य सम्मपन्न गर्ने उदेश्यका साँथ काम चलिरहेको पुजारी मोहन दत्त जोशीले बताउनु भयो । 
पुरानो पहिचानका साँथ काठ र ढुङगाहरुमा विभिन्न लेखहरुलेखि तथा भगवानका चित्रहरु कोरिएका मुर्तिहरुको माध्यमबाट मन्दिर निर्माण गरिन लागेको छ । ब्रम मन्दिर निर्माणका लागी दुहँु गाँउपालिका बासिहरु जनश्रम दान गरिरहेका छन भने देश तथा विदेशमा रहेका दार्चुला बासिहरुले पनि आर्थिक रुपमा सहयोग गरि स्थानीय धार्मीक स्थलको संरक्षणका लागी आर्थिक सहयोग गरिरहेकाले मन्दिर निर्माण कार्यक्रमा ठुलो सहयोग पुगीरहेको पुजारी जोशीले बताउनु भयो .दुहुँ क्षेत्रको पहिचानका रुपमा रहेको ब्रर्म केदार र ब्रमदह शक्ति पिठका रुमा मानिने ब्रम मन्दिर एक बर्ष लगाएर निर्माण गरि ब्रमजात्रा लाग्ने र विभिन्न धार्मीक कार्यक्रमहरुको आयोजना गरि मन्दिरमा पुजा आराधना गरिने भएकाले अहिले सम्म आर्थिक तथा भौतिक र नैतिक सहयोग गर्ने सबै देश तथा विदेशमा रहेका दार्चुला बासिहरुमा दुहुँका स्थानीयहरु स धन्यवाद जानपन गर्ने मन्दिर निर्माण समितका अध्यक्ष नरेन्द्र सिह धामीले भन्नु भयो । त्यसैगरि दुहुँ गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले पर्यटन विकासमा ब्रम मन्दिरले महत्वपुर्ण भुमिका खल्ने बताउनु भयो । दार्चुला जिल्लाको विकासमा सदैव दुहँु गाउपालिका लागी पर्नु पनि बताएका छन ।