फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

२ बर्ष अघि

२0७९ भाद्र ११ शनिबार

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं ।  विश्व फुटबल महासंघ ९फिफा० ले अखिल भारत फुटबल महासंघ ९एआइएफएफ० माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले भारतमाथिको प्रतिबन्ध दुई साता नपुग्दै फुकुवा गरेको हो। यसअघि एआइएफएफएमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि प्रतिबन्ध लगाएको थियो।


भारतमा फुटबलको दैनिक कार्यसञ्चालनका लाथि एआइएफएफको पुरानै समितिलाई दिईने भएपछि फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरेको हो। भारतको सर्वोच्च अदालतले सोमबार मात्र फुटबल सञ्चालन गर्न आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफलाई फुटबल सञ्चालनको अधिकार दिएको थियो ।