नेकपा एमालेका महासचिव शंकर पोखरेल दार्चुला आउँदै

२ बर्ष अघि

२0७९ भाद्र ११ शनिबार

नेकपा एमालेका महासचिव शंकर पोखरेल दार्चुला आउँदै

दार्चुला ।  नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल आगामी भाद्र १७ गते दार्चुला आउने भएका छन् ।  नेकपा एमाले दार्चुला जिल्ला कमिटीले आयोजना गरेको संघीय निर्वाचन सम्बन्धि एक दिने कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रिय महासचिव पोखरेल दार्चुला आउन लागेको एमाले दार्चलाका प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालले जनाकारी दिनुभयो । 

 

जिल्ला सदमुकाम खलंगास्थित विकास संगठन परिषरमा आयोजना गरिने उक्त भेलाले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन सम्बन्धी कार्यकर्तालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख बडालले बताउनु भयो । 


दार्चुला जिल्लाका एमाले नेता कार्यकर्ता भातृ संघसंठन तथा  जनवर्गिय र पेसागत संगठनका पदाधिकारी सहितको सहभागीतमा रहेका उक्त जिल्ला भेलामा महासचिव शंकर पोखरेल संगै नेकपा एमाले पालिट ब्युरो सदस्य एंव सुदुरपश्चिम प्रदेशका सह–इन्चार्ज गणेश सिह ठगुन्ना लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा एमाले दार्चुलाले जनाएको छ ।