१५–२० सिटलाई कसैले रोक्न सक्दैन समाजवादीका अध्यक्ष ः नेपाल

२ बर्ष अघि

२0७९ भाद्र ९ बिहीबार

१५–२० सिटलाई कसैले रोक्न सक्दैन समाजवादीका अध्यक्ष ः नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उनले बताए । तर आफूहरुले पोखरा महानगरपालिकामा मेयर लिएकै कारण वडामा उम्मेदवारी दिन नदिएकाले यो हिसाब नमिल्ने बताए ।


२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५र२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’ आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने र जनतामाझ जाने उनले बताए ।