दार्चुलामा स्याउ जोन कार्यक्रम सञ्चालन ,५ सय हेक्टर जमिनमा स्याउ खेति गरिदैँ।

५ बर्ष अघि

२0७५ आश्विन ९ मंगलवार

दार्चुलामा स्याउ जोन कार्यक्रम सञ्चालन ,५ सय हेक्टर जमिनमा स्याउ खेति गरिदैँ।

सुलोचना महता असोज ९ दार्चुला 
नेपाल सरकार द्धारा सञ्चालित कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत पर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत दार्चुला जिल्लामा स्याउ जोन कार्यक्रमको कार्यालय सञ्चालनमा आएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ साउन महिना देखि सञ्चालन हुने भनिएतापनि संघिय तथा स्थानिय सरकारमा विभाजित भएपछि विभिन्न केन्द्रिय सरकारले विभिन्न निति नियम पारित गर्न तथा कर्मचारी व्यवस्थापनमा  ढिला भएकाले एक महिना ढिलो गरी कार्यालय सञ्चालनमा आएको हो ।  
स्याउ जोन कार्यक्रमको कार्यालय साविकको कृषी विकास कार्यालय  खलंगामा राखिएको छ । हाल दार्चुलामा स्याउ जोन कार्यक्रममा ६ वटा कर्मचारीहरु हुने भएतापनि असोज ५ गतेका दिन ३ जना कर्मचारीहरु निम्ति प्रमुख विष्णु प्रसाद ओझा, सुचना अधिकारी तथा प्राविधिक सहायक हरिदत्त जोशी र खरिदार सुन्दरी अवस्थी खलंगा आएका छन् । भने थप ३ जना कर्मचारीहरु सरकारले तोकेपछि आउने भएका छन् । नेपाल सरकारको शुद्ध लगानी सञ्चालित स्याउ जोन कार्यक्रम चालु आर्थिक वर्ष २०७५÷०७६ देखि आउदैँ आर्थिक वर्ष २०८०÷०८१ सम्म ६ वर्षको लागि आएको  आयोजनामा ७० प्रतिशत सरकारको र ३० प्रतिशत लगानी स्थानियको हुने गरी देशै भरी लागु भएको परियोजना कार्यान्वयन इकाई दार्चुलाका  निम्ति प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विष्णु प्रसाद ओझा बताउनु भयो । 
आयआर्जन गरी जनताको जिवनस्तर माथि उकास्ने उद्देश्यले सञ्चालित देशभरी सञ्चालित स्याउ जोन कार्यक्रम दार्चुला जिल्लाभरी ५ सय हेक्टर जमिनमा स्याउ जोन कार्यक्रम सञ्चालन हुने परियोजना कार्यान्वयन इकाई दार्चुलाले जनाएको छ । स्याउ जोन कार्यक्रम दार्चुला जिल्लामा व्यासँ, राप्ला,सुनसेरा, इयरकोट, सितोला र खण्डेश्वरी लगायत समुन्द्री सतहबाट २ हजार ५ सय देखि ३ हजार ५सय मिटर उचाइ सम्म रहेको स्थानमा स्याउ उत्पादन गर्न सकिने परियोजना कार्यान्वयन इकाई दार्चुलाका सुचना अधिकारी तथा प्राविधिक सहायक हरिदत्त जोशी बताउनु भएको छ । स्याउ खेतीको लागि उपयुक्त ठाउँ बाहेक उन्नत जातको बिउ, नयाँ पद्धति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकुल परिस्थिती हेरेर दार्चुलाको हकमा समुन्द्री सतहबाट २ हजार देखि ४ हजारको उचाईमा पनि स्याउ खेति गर्न सकिने सुचना अधिकारी तथा प्राविधिक सहायक जोशीले बताउनु भयो ।  स्याउको बिउको राम्रो उन्नत जातको लगभग प्रति किलोगा्रम ३५ हजार देखि ४५ हजार सम्म पर्छ भने स्याउको बोटको प्रतिबोट ७५ रुपैँया देखि १ हजार ५ सय सम्म पर्ने सक्ने सुचना अधिकारी तथा प्राविधिक सहायक जोशीले बताएका छन् । दार्चुला जिल्लामा स्याउ जोन कार्यक्रम सञ्चालन गर्नका हाल कार्यालय सञ्चालनमा आएको छ भने  स्याउ जोन कार्यक्रम सञ्चालन गर्नको लागि स्थानिय सरकार, सरोकारबालाहरु तथा स्थानिय बासिहरुको संग समन्वय गरेर सम्भावित क्षेत्रको अध्ययन गरेर अधि बढ्ने परियोजना कार्यान्वयन इकाई दार्चुलाका सुचना अधिकारी तथा प्राविधिक सहायक जोशी बताउनु भएको छ ।