दार्चुलामा सत्ता गठबन्धनबाट प्रतिनिधी सभामा माओवादी केन्द्रको दाबी

२ बर्ष अघि

२0७९ भाद्र ९ बिहीबार

दार्चुलामा सत्ता गठबन्धनबाट प्रतिनिधी सभामा माओवादी केन्द्रको दाबी

दार्चुला । दार्चुलामा सत्ता गठबन्धनबाट प्रतिनिधी सभामा माओवादी केन्द्रले दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दार्चुला सहित ६ सिटमा दाबी गरेका हुन् । 

नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशमा प्रतिनिधी सभाका १६ सिट मध्ये दार्चुला सहित ६ सिटमा दाबी गरेको हो । सुदुरपश्चिमा प्रत्यक्षतर्फ प्रतिनिधी सभाका १६ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेको छ । आगामी निर्वाचनमा सत्ता साझेदार दलहरु नेपाली काग्रेश, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन हुने निश्रितप्राय देखिएको छ । 

संघ र प्रदेशमा देशभर सत्ता गठबन्धनका साझा उम्मेदवार हुने छन् । आफुहरुले कम्तिमा पनि संघमा ६ । प्रदेशमा १३ सिटमा दाबी गर्ने नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेशका इन्चार्न खगराज भट्टले बताउनु भयो । 

सत्ता गठबन्धमा माओवादी दोस्रो ठुलो दल भएकाले पनि आफुहरुको दाबी स्वभाविक भएको भट्टको भनाई छ । उनका अनुसार दार्चुला,कञ्चनपुर–१ अछाम, डोटी र कैलाली गरी माओवादीले संघका ६ सिटमा दाबी गर्नेछ । 

केन्द्रको सहमतिअनुसार केही सिटमा स्थान परिवर्तन समेत हुने सम्भावना छ । नेता भट्टले भने एमालेसँग वाम एकता हुदा हामीले पाएको सिट छाडने कुरा भएन । त्यस बाहेक अन्य कुरा केन्द्रीय नेतृत्वले टुङ्ग्याउला । गठबन्धन भनेपछि एक दलले चाहेर मात्रै हुदैन । सबैलाई न्याय र सम्मानजनक उपस्थिति चाहिन्छ । 

माओवादीले डोटी दाबी गरेमा त्यहाँ भने सकस हुने देखिन्छ । एकीकृत समाजवादीका प्रमे आले र काग्रेश नेता वीरबहादुर बलायरको डोटी एकै क्षेत्र हो । 
माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत डोटीको सोही क्षेत्र भएकाले उनले संघमा दाबी गरे मिलाउन कठिन हुने देखिन्छ । मिलाउन समस्या देखिने अर्को क्षेत्र दार्चुला हो दार्चुलामा माओवादीले सघ नट्टको समेत डोटीको सोही क्षेत्र भएकाले उनले संघमा दाबी गरे मिलाउन कठिन हुने देखिन्छ । मिलाउन समस्या देखिने अर्को क्षेत्र दार्चुला हो दार्चुलामा माओवादीले सघ नछाड्ने संकेत देखाएको छ ।

कांग्रेश नेता दिलेन्द्र प्रसाद बडु पनि यस पटक प्रत्यक्षमा चासो देखाएका छन् । गत बैशाख सम्पन्न भएको स्थानीय तहको नतिजाका आधारमा अन्य जिल्ला भन्दा दार्चुलामा माओवादीको उपस्थिती बलियो रहेको जनाएको छ । 

दार्चुलामा नेकपा माओवादी केन्द्रले ४ स्थानिय तहको प्रमुखमा जितेको छ । भने नेपाली काग्रेशले ३ वटा स्थानीय तहमा उपाध्यक्षमा सिमित छ । 
प्रतिनिधी सभामा दार्चुलाबाट माओवादी केन्द्रले दाबी नछाडे बडुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती कांग्रेशलाई देखिएको छ ।