प्रेस सेन्टर डडेल्धुराका उपाध्यक्ष प्रेस चौतारिमा प्रवेश

२ बर्ष अघि

२0७९ भाद्र ८ बुधबार

प्रेस सेन्टर डडेल्धुराका उपाध्यक्ष प्रेस चौतारिमा प्रवेश

डडेल्धुरा । प्रेस सेन्टरमा डडेल्धुरा का उपाध्यक्ष अनुप विक्रम मल्ल प्रेस चौतारि प्रवेश गरेका छन ।  प्रेस चौतारिका केन्द्रिय महासचिव हिरामान लामाले मल्ललाई अबिर र खाँदा लगाएर संगठनमा स्वागत गरे ।  प्रेस चौतारि नेपाल डडेल्धुरा शाखाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मल्ललाई स्वागत गरिएको हो । प्रेस चौतारि नेपालका डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महासचिव लामा प्रमुख अथिति थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रिय बुद्दिजिवि परिषदका सदस्य पदमराज जोशी विप्लव, प्रदेक कमिटि सदस्य द्वय यज्ञराज अवस्थी, करन ताम्राकार, एमाले जिल्ला अध्यक्ष प्रकाश साउद, जिल्ला सचिव गजेन्द्र शाहि, प्रेस चौतारि नेपालका जिल्ला ईञ्चार्ज मा बहादुर साउद, पर्देश महासचिव शिवराज भट्ट, प्रेस चौतारि नेपालका नेता नवराज भण्डारि सहितको उपस्थिति रहेको थियो ।  प्रेस चौतारि नेपाले कञचनपुरबाट सुरु गरेको प्रशिक्षणको यात्रा कैलाली, बैतडी हुदै डडेल्धुरा पुगेको हो ।