अपराधमा चिनियाँ कनेक्सन बढ्दो ३५.१ प्रतिशतले वृद्धि

२ बर्ष अघि

२0७९ भाद्र ८ बुधबार

अपराधमा चिनियाँ कनेक्सन बढ्दो ३५.१ प्रतिशतले वृद्धि

काठमाडौं । देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ। यही साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

बललबउगचलब उयकत

यस्तै, यही साउन ९ गते काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट नेपाल प्रहरीले एक चिनियाँ, ४ भारतीयसहित ४१ जना प्रक्राउ गरेको थियो। यस्तै, बुटवल र काठमाडौंकै अन्य कल सेन्टरमा प्रहरीले छापा मार्दा ५ जना चिनियाँ, केही भारतीय र नेपाली नागरिक पनि पक्राउ परेका थिए। 

२०७६ सालको पुसमा काठमाडांै उपत्यकाको विभिन्न ठाउँबाट १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। नेपालमा बसेर विभिन्न अपराधमा संग्लन भएको भन्दै नेपाल प्रहरीले चिनियाँविरुद्ध अपरेसन नै सञ्चालन गरेर ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका हुन्। नेपालमा बसेर चिनियाँ नागरिकले चीनमा समेत आर्थिक अपराध गर्ने गरेको खुलेको थियो। उनीहरूले विभिन्न बैंकको रकम अवैध रूपमा निकाल्ने, अनलाइन जुवा खेलाउने, अश्लिल साम्रगी देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्काउँदै रकम असुल्नेलगायतका काममा चिनियाँ गिरोह सक्रिय भएको अनुसन्धानमा खुलेको थियो। 

यस्तै, गत फागुनमा काठमाडौंको मध्यबानेश्वरबाट केही चिनियाँ पक्राउ परेका थिए। २०७८ साउनमा काठमाडौंको ठमेलबाट ५६ वर्षीय चिनियाँ सी झिवेई पक्राउ परेका थिए। पर्यटक भिसामा नेपाल आएका उनी यतै व्यवसाय गरेर पैसा कमाउनतिर लागे। उनले २०७८ वैशाखमा होम स्वीट स्मेल होटल एन्ड रेष्टुरेन्ट प्रालि दर्ता गरी रेस्टुराको आडैमा अवैध मदिरा उत्पादन गरी बिक्री वितरण गर्दे आएका थिए। 
पछिल्लो समय अपराधमा विदेशी नागरिकको समेत संग्लनता बढ्ने क्रममा छ। नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार आव २०७६÷७७ मा १२, आव २०७७÷७८ मा १० र आव २०७८÷७९ मा २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार नेपालमा आएका प्राय चिनियाँ नागरिक आर्थिक अपराधमा संग्लन हुने गरेका छन्। अवैध विदेशी मुद्राबिना भिसा नेपाल प्रवेश गरेको, लिखतसम्बन्धी कसुर, बैकिङ कसुर, एटीएम मेसिनबाट अवैध रकम निकाल्ने कर्ममा संग्लन, मानव बेचबिखन, जुवातास, सवारी ज्यान जस्ता अपराधमा संग्लन भएका देखिन्छन्। 

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार विदेशी देख्नासाथ पैसावाल हुन्छन् भन्ने लोभमा पर्दा चिनियाँ नागरिकले अपराध कर्ममा सजिलै सहभागी हुनसक्ने वातावरण बनेको बताए। उनी भन्छन्, ‘आपराधिक काम गर्ने व्यक्तिले बढी भाडा दिने, घरधनीलाई तत्काल लाभ दिने, विभिन्न प्रलोभनमा पारेर नेपाली नागरिकको नागरिकता, पान नम्बर, पासपोर्ट जस्ता कामजात प्रयोग गर्ने जस्ता कार्य गर्दछन्।’ अलिकति शंकास्पद हुनासाथ प्रहरीलाई खबर गर्ने हो भने चिनियाँ मात्रै हैन कसैले पनि आपराधिक काम गर्न नसक्ने उनको दाबी थियो। 

प्रवक्ता राईले नेपालमा आएर अपराध कर्ममा सहभागी भएका चिनियाँ तथा विदेशी नागरिकको अपराध अनुसन्धान गर्न पनि भाषा, कानुनलगायतको असहजता भएको बताए। उनी भन्छन्, ‘कतिपय मुद्दामा क्षेत्राधिकारको विषय आउँछ। कतिपय अवस्थामा अन्तर्राष्ट्रिय कानुन प्रयोग गर्नुपर्ने पनि अवस्था आउन सक्छ।’ परराष्ट्रविद् दिनेश भट्टराई नेपालमा सेक्युरिटी ग्याप र क्यापासिटी ग्याप भएको कारण चिनियाँ नागरिकले अपराध फैलाउन सकेको बताउछन्। ‘राष्ट्रिय सुरक्षाका लागि चाहिने क्षमता राज्यसँग नै छैन। यहाँ जसले जताबाट आएर पनि अपराध गरेर भाग्न सक्छ। जहाँ जति देखाउनपर्ने हो हाम्े साधनस्रोतले पनि भ्याएको देखिन्न। आर्थिक र मानवीय स्रोत र साधन पनि प्रशस्त छैन,’ उनी भन्छन्, ‘ राज्य संयन्त्र चुस्त गर्ने, यहाँ आउने विदेशीको क्रियाकलापमाथि निगरानी बढाउने, अवैध गतिविधिमा सामेल हुनेलाई तुरुन्तै देशनिकाला गर्ने वा कानुनको दायरामा ल्याउने जस्ता कार्यहरू बढाउनुपर्छ। राज्य संयन्त्र बलियो हुनुपर्छ।’

सरकार कमजोर भएकै कारण अपराधमा विदेशी नागरिक बढेको उनको आरोप छ । प्रवक्ता राईले आफूले घर भाडामा दिँदा तथा आफ्ना कागजात प्रयोग गरेर कुनै संस्था वा कम्पनी खोल्दा ख्याल गर्न आग्रह गरे। 
नेपाली नागरिकको सहयोगबिना विदेशी नागरिकले नेपाल आएर अपराध कर्म गर्न नसक्ने राईले बताए