तिब्बतमा लम्बियो लकडाउन, नेपाल हिंडेका कन्टेनरबारे समन्वय सुरु

२ बर्ष अघि

२0७९ भाद्र ८ बुधबार

तिब्बतमा लम्बियो लकडाउन, नेपाल हिंडेका कन्टेनरबारे समन्वय सुरु

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा थप तीन दिन लकडाउन लम्बिएको छ । आइतबार एक सूचना जारी गर्दै तिब्बत प्रशासनले आगामी बुधबार ९२४ अगष्ट सम्मका लागि लकडाउन थप गरेको हो ।

लकडाउन थप भएसँगै त्यहाँ रहेका मानिसहरुमा कोभिड–१९ परीक्षण र उनीहरुलाई आइसोलेसनमा राख्ने कार्य तीब्र पारिएको छ ।


तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त सूचनाअनुसार तिब्बतका सिगात्से, केरुङ र न्यालम जिल्लामा संक्रमण फैलिएको छ । जसका कारण तिब्बत क्षेत्रमा थप कडा लकडाउन गरिएको छ । ती क्षेत्र भएर नेपालका लागि मालवस्तु बोकेका ट्रक तथा कन्टेनरहरु आउने गर्दछन् ।

अहिले तिब्बतलाई अन्य क्षेत्रबाट विच्छेद गराएर आम मानिसमा कोभिड–१९ परीक्षण, आइसोलेसन र उपचार जारी राखेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली लगायतका अन्य कसैलाई पनि तिब्बत नआउन त्यहाँको प्रशासनले सूचना जारी गरेको एक व्यापारीले बताए ।