दार्चुलामा नेपाल बन्दको प्रभाव लामो दुरिका यातायात बन्द ठाउँठाउमा प्रहरी निगरानी

२ बर्ष अघि

२0७९ भाद्र ७ मंगलवार

दार्चुलामा नेपाल बन्दको प्रभाव लामो दुरिका यातायात बन्द ठाउँठाउमा प्रहरी निगरानी

दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृतको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषण गरेको नेपाल बन्दको प्रभाव दार्चुलामा पनि देखिएको छ । मंगलबार विहानै देखि जिल्लाका विभिन्न स्थान सडक र बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । 

लामो दुरिका सवारी साधनहरु प्रहरीले स्कटिङ गरिरहेको छ भने सदमुकाम खलंगा गोकुलेश्वर लटिनाथ लगायतका स्थानमा चल्ने छोटो दुरीका सवारी साधन र पसलहरु बन्द रहेका छन् । जिल्ला सदमुकाम दार्चुलामा बन्दाको प्रभाव खासै देखिएको छैन् । 
जिल्लामा बन्दाको प्रभाव सामान्य रहेको र प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला सदरमुकाम सहित आसपासका क्षेत्रमा अहिले सम्म शंकास्पद गतिविधी केह नदेखिएको प्रहरीले ठाउँठाउँमा निगरानी बढाइरहेको र अहिले सम्म स्थिती सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख डिएपी प्रतिक विष्टले जनकारी दिनुभयो । 
यता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज भरत मल्लाका अनुसार देशभर साझ ५ वजे सम्मका लागि बन्द आह्रान गरिएपनि दार्चुलामा चाडपर्वको समय भएकाले स्थानीयका आवश्यकता अनुुसार समयमा हेरफेर गरिन सक्ने जानकारी दिनएका छन् ।