अपिनाम्पा संरक्षरण क्षेत्रको संमक्षीप्त जानकारी 

५ बर्ष अघि

२0७५ आश्विन ९ मंगलवार

अपिनाम्पा संरक्षरण क्षेत्रको संमक्षीप्त जानकारी 

ललित सामन्त दार्चुला 
यस अपिनाम्पा संरक्षण क्षेत्रको स्थापना २०६७ साल असार २८ गते भएको विश्वमान चित्रमा यो संरक्षण क्षेत्र ८०डिग्री २२ मिनेट देखि ९१ डीग्री ०९ मिनेट देशान्तर  र ३० डिग्री १५ मिनेट अक्षांसमा अवस्थित रहेको छ । 
यस संरक्षण क्षेत्रको जम्मा क्षेत्रफल १९०३ वर्ग कि .मी रहेको छ ।यस संरक्षण क्षेत्रले दार्चुला जिल्लाका २१ वटा गा. वि स हरुलाइ समेटी स्थापना भएको यो संरक्षण क्षेत्र प्राकृतिक स्रोत र साधनहरुले भरिपूर्ण मानिन्छ । यहाँ विभिन्न पर्यटकीय स्थल , सामाजिक  सास्कृतिक धार्मीक पर्यटनको प्रयाप्त सम्भावना रहेको यो क्षेत्रमा निम्न गा.वि.स हरु समेटीएका छन् । ब्यासँ , राप्ला ,घुसा ,खण्डेश्वरी , सुन्सेरा सितोला , गुल्जर ,सिप्टी , धौलाकोट , पिपलचौरी, हुती हिकिला , ब्रह्मदेब , धारी , छापरी काटै , खार , तपोवन शेरी र लटिनाथ गरि जम्मा २१ ओटा गा.वि .स समेटी अपिनाम्पा संरक्षण क्षेत्रको स्थापना  भएको अपिनम्पा संरक्षण क्षेत्र  दार्चुलाका प्रमुख पशुपति अधिकारीले बताउनु भयो । 
उहाँका अनुसार अपिनाम्पा संरक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्लाको सिमाना  पश्मिमा महाकाली नदिको भारतसंगको अन्तराष्टिय सिमना र दक्षिणमा लास्कु खोला र नौगाड खोला रहेको पाईन्छ । यो अपिनाम्पा संरक्षण क्षेत्र आफै एउटा भौगोलिक विविधता भएको र यहाँ थुप्रै पर्यटकिय सम्भावनाहरु भएको क्षेत्र हो । यस संरक्षण क्षेत्र विकास तथा विस्तार गर्न सकेको अवस्थामा जिल्लाका थुप्रै मानिसहरुले त्यहाँबाट फाईदा लिन सक्दछन् । प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्रमा मनोरम दृश्यहरु साथै हिामलहरु तल तलैया वनजङगल वन्यजन्तु पशुपन्छी लगायत विभिन्न मौसममा फुल्ने फुलहरुले जो कोहीको पनि मन नलोभिने हुदैन । अपिनम्पा संरक्षण क्षेत्रमा बहुमुल्य मात्रामा र्यासागुम्बाको भण्डारणका साथै पाँचऔले जटामसी लगायतका जडीबुडीहरुको स्रोतको रुपमा पनि रहेको पाईन्छ । यस अपिनम्पा क्षेत्रभित्र खास गरि गरिब तथा पिछिडिएका मानिसहरुको बसोबास रहेकाले यिनीहरुको आर्थिक स्थिति वलियो बनाउन संरक्षण क्षेत्र भित्र रहेको कच्चा पदार्थहरुको उपयोग गरि आर्थिक उन्नतिहुने अपि नम्पा संरक्षण क्षेत्रका कार्यालय प्रमुख पशुपति अधिकारीको बुझाई छ ।  

त्यसकारण  यो अपिनाम्पा संरक्षण क्षेत्र आर्थिक धार्मीक र पर्यटकिय हिसाबले उपयुक्त रहेकाले  यहाँ विभिन्न व्यवस्था गरिएको संरक्षण अधिकृत अधिकारीले जानकारी दिनु भएको छ । यस अपि नम्पा संरक्षण क्षेत्रमा स्याउ जस्ता फलफुलहरुकाे पनि राम्रो फल्ने भएकाले स्याउ खेतीका लागि पनि यो क्षेत्र उपयुक्त रहेको छ । समग्रमा भन्नु पर्दा यस अपि नाम्पा संरक्षण प्राकृतिक सौन्द्रयले भरिएको र यहाँ प्रसस्त मात्रामा पर्यटकिय क्षेत्रमा बहुमुल्य जडीवुटहिरु लगायत विश्वमै दुर्लभ  रातो पण्डाको पनि बासस्थान रहेको यो क्षेत्रमा विभिन्न व्यवसाय गरि जिविकोपार्जन गर्न सकिने यो क्षेत्रमा अरु पुपै सम्भावनाहरु यहाँको क्षेत्रमा पाईने गर्दछन् । यस दार्चुला जिल्लामा प्रर्यटकीयका सम्भावनाहरुका साथै जिडीबुटीहरुकाे प्रशाेधन गरी विभिन्न किसीमका अाैषधी बनाउन सकेमा दार्चुला बासीका लागि अायस्राेत तथा विदेशीने बाध्यता  नरहने हुनाले यस प्रति स्थानिय सरकारले बिशेष जाेड दिनु अावश्यक रहेकाे छ ।