लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

२ बर्ष अघि

२0७९ भाद्र ७ मंगलवार

लखनऊबाट ७ नेपालीसहित ११ बालकको उद्दार

वीरगञ्ज । भारतको उत्तरप्रदेशको राजधानी लखनऊबाट ७ जना नेपालीसहित ११ जना बालकको उद्दार गरिएको छ । दिल्लीमा बाल मजदूरीका लागि लैजाँदै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरिएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट एएचटीयूले जनाएको छ ।

बिहार राज्यको राजधानी सहर पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर उनीहरुको उद्दार गरिएको थियो । उनीहरुलाई बालश्रम गराउन लैजाने कार्यमा संलग्न ६ जना पनि ९एएचटीयू०को नियन्त्रणमा छन् ।


दिल्लीमा बालश्रमका लागि लैजाँदै गरिएका ११ जना बालकको उद्दार गर्न सफल भएको एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट ९एएचटीयू० रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

‘ पटनाबाट दिल्ली जाँदै गरेको बसमा छापामारी गरेर १० देखि १२ वर्ष उमेरका बालकको उद्दार गर्न सफल भएका छौं । दिल्लीमा निकृष्ट बालश्रममा लगाउन उनीहरुलाई लगिदै थियो,’ उनले भने, ‘ खेल्ने, कुदने, पढ्ने उमेरका यस्ता बालकहरुलाई दिल्ली लगेर १६ घण्टासम्म फ्याक्ट्रीमा काममा लगाइन्छ । जबकी उद्दार गरिएका बालकलाई कहाँ र किन लैजाँदै गरेको भन्ने पनि थाहा थिएन ।’


देशको राजधानी सहर दिल्ली बाल मजदूरीको सबैभन्दा ठूलो गढ बनेको र देशका विभिन्न भागबाट बाल मजदूर लैजाने गरिएको उनको भनाइ छ ।

उद्दार गरिएका ११ जना बालकलाई चाइल्ड लाइन केयर लखनऊमा राखिएको छ भने ६ जना मानव तस्करलाई कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको एएचटीयु रक्सौलका इञ्चार्ज वरिष्ठ निरीक्षक शर्माले जानकारी दिए ।

उद्दार कार्यमा एएचटीयु लखनऊका इन्सपेक्टर अजय प्रकाश मिश्रा, चाइल्ड लाइन केयरका संगीता शर्मा लगायत संलग्न भएका थिए ।