विप्लव नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्दको घोषणा,

२ बर्ष अघि

२0७९ भाद्र ६ सोमबार

विप्लव नेतृत्वको नेकपाद्वारा भोलि नेपाल बन्दको घोषणा,

बैतडी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भोलि भदौ ७ गते नेपाल बन्द आह्वान गरेका छन् । नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको जनाएको छ । 
नेकपा बैतडीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुलुकलाई द्वन्द्वमा धकेलिरहेको जनाएको छ ।  नेकपा बैतडीका सचिव लक्ष्मणद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा आम हड्तालमा ऐक्यबद्धता जाहेर गरिदिन अपिल गरिएको छ ।