टेलिकम टावरका लागि व्याँसको छाङरुमा हेलिकप्टरबाट सामान ढुवानी हुदै

२ बर्ष अघि

२0७९ भाद्र ६ सोमबार

टेलिकम टावरका लागि व्याँसको छाङरुमा हेलिकप्टरबाट सामान ढुवानी हुदै

दार्चुला । नेपाल टेलिकमको फोर जी सेवाको टावर निर्माण गर्नका लागि व्यास गाउँपालिका वडा नम्वर १ छाङरुमा सामान हेलिकप्टरबाट ढुवानी भइरहेको छ । कालापानी नजिकैको गाउँ छाङ्गरु सम्म पुग्न पैदल बाटो समेत नुहदा महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ढ्ुवानी  भइरहेको छ । टावर निर्माण भएको दुई वर्ष पछि सोलार व्याट्री,सोलार पाता,डिभाइस लगायतका सामान हेलिकप्टरबाट ढुवानी भइरहेको टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।  हेलिकप्टरबाट सामान ढुवानी भएसँगै अब टावर छिटै सञ्चालन हुने उनले बताउनु भयो । व्याँस सम्म जान बाटो नहुदा भरियाले बोकेर लिन सम्भव नहुँदा महँगो हवाई ढुवानी गरेर हेलिकप्टरमा उक्त सामान ओसार्नुपरेको हो । टावरलाई आवश्यक पर्ने पावरका लागि सोलार सिस्टमका उपकरण हेलिकप्टरमार्फत ढुवानी गरिएको हो । निर्माण कम्पनीबाट टावर निर्माण हुन लागेको छ भने हेलिकप्टरको सामान ढुवानी खर्च निर्माण कम्पनीले बेहोर्ने छ । सरकारले त्रिदेशीय सीमा क्षेत्र पर्ने व्यासमा सञ्चारको पहुँच पुर्याउने उद्देश्यले नमस्तेको टावर निर्माण गरेको छ ।  यसअघि पनि व्यासको छाङ्गरुमा रहेको स्काइ टावरले छायालेक, बुदी, गव्र्याङ्गका नागरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो । सशस्त्र प्रहरीलाई सञ्चार गर्न समस्या भएपछि छुट्टै प्रविधिमार्फत सञ्चार सेवा जोडिएको छ । छाङ्गरुमा सुरक्षा उपस्थिति बढाएसँगै प्रभावकारी सञ्चारको व्यवस्थापन गर्न लागिएको हो ।