विशाल श्रेष्ठ र तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाए‍‌‌

५ बर्ष अघि

२0७५ आश्विन ९ मंगलवार

विशाल श्रेष्ठ र तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाए‍‌‌

 

दृष्टिकोण समाचार काठमाडौं, असोज ९ । बंगबन्धु कप फुटबलका लागि नेपाली टोलीमा दुई जना परिवर्तन गरिएको छ । विदेशी लिगमा खेलिरहेका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द यस प्रतियोगिताको लागि उपलब्ध हुने छैनन् । किरणको ठाउँमा विशाल श्रेष्ठ तथा रोहितको ठाउँमा तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बंगलादेशमा हुने बंगबन्धु कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट सुरु हुँदैछ । दुई साताअघि बंगलादेशमै भएको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको नेपाली टोली फेरि बंगबन्धु कप खेल्न बंगलादेश जान लागेको हो । नेपाली टोली आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । त्यसअघि टोलीले आजबाट सशस्त्र प्रहरी मुख्यालय हलचोकको घाँसे मैदानमा केही दिन प्रशिक्षण गर्नेछ । नेपालले बंगबन्धु कपमा साविक विजेताको हैसियतमा खेल्न लागेको हो । पछिल्लो संस्करणमा बहराइनको युवा टोलीलाई हराउँदै नेपालले उपाधि जितेको थियो ।