नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण, ४८७ जना संक्रमण मुक्त

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

नेपालमा थप ६ सय २३ जनामा कोरोना संक्रमण, ४८७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।