डब्ल्युएचओद्वारा नेपाललाई ८० लाख सिरिन्ज प्रदान

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

डब्ल्युएचओद्वारा नेपाललाई ८० लाख सिरिन्ज प्रदान

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्युएचओले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ । राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि आज डब्ल्युएचओका नेपाल प्रमुख डा। राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहलाई ८०  लाख  सिरिन्ज हस्तान्तरण गर्नुभएको हो । 
 
डब्ल्युएचआले सहयोग स्वरूप उपलब्ध गराएको सिरिन्जहरू देशभरका स्वास्थ्य केन्द्रहरूमा वितरण गरिनेछ । जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।