नेपाली कांग्रेस दार्चुलामा गाउँ घर अभियान सुरु

२ बर्ष अघि

२0७९ भाद्र ३ शुक्रबार

नेपाली कांग्रेस दार्चुलामा गाउँ घर अभियान सुरु

दार्चुला । नेपाली कांग्रेस दार्चुलाले एकता, उत्साह सहित जीतमा रुपान्तरण गर्ने कार्यक्रम अन्तरगत ‘गाउँ घर अभियान’ मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोलाबाट सुरु भएको जनाएको छ । अगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘गाउँ घर अभियान’ संचालन गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्योजना अन्तरगत दार्चुलामा पनि अभियानको सुरुवात गरेको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो ।

वडा नम्बर १ का सभापति तारादत्त जोशी जेष्ठ राजनीतिक सभाका चन्द्र सिह सामन्त ,पालिका सभापति कृष्ण सिह सामन्त तथा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष एवं महाकाली नगपालिकाका पुर्व नगर प्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यततामा भएको एक कार्यक्रमका बिच कार्यक्रमको ‘गाउँ घर अभियान’ को शुभारम्भ गरिएको हो । अभियान शुभारम्भ कार्यक्रममा मंसिर ४ गते एकै चरणमा हुन गइरहेको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरिएको छ । कार्यक्रममा महाकाली नगरपालिकाका पुर्व नगर उपप्रमुख सुना बोहरा, वडा नम्बर ४ का पुर्व वडाध्यक्ष पुष्करराज जोशी लगायत मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का क्रियाशिल सदस्य, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।