बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिद्वारा गुम्बा व्यवस्थापन कार्यक्रम आयोजना

२ बर्ष अघि

२0७९ भाद्र २ बिहीबार

बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिद्वारा गुम्बा व्यवस्थापन कार्यक्रम आयोजना

काठमाडौं । बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिद्वारा गुम्बा व्यवस्थापन कार्यक्रम २०७९ आयोजना गरिएको छ । सो अवसरमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित होटल च्वाइसमा श्रावण ३० देखि ३१ सम्म दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।

गुम्बाको वर्तमान व्यवस्था अनुसार र एक्काइसौं शताप्दीको समय र परिस्थिति अनुसार नियमितता दिनका निम्तिा यस कार्यक्रम आयोजना गरिएकोे हो । कार्यक्रममा ३७ वटा जिल्लका गुम्बाहरुका प्रतिनिधिहरुको सहभागिता थियो । दुई दिने कार्यक्रमलाई चार भागमा विभाजन गरी कार्यक्रम चलाइएको थियो । कार्यक्रमा समितिका अध्यक्ष फपु छेम्बे शेर्पा तेन्जिंग शेर्पाले सम्पूर्ण बौद्धमार्गीहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताए । कार्यक्रममा गुम्बालाई आर्थिक, भौतिक र नैतिक रुपमा विकास गर्ने नीति, नियम र उपायहको जानकारी गराइयो । कार्यक्रममा उपस्थित विभिन्न ३४ जिल्लाका प्रतिनिधिलाई कार्य सञ्चालनमा टेवा पुर्याउन १८ करोड बजेट सरकारले दिएको कुरा जानकारी गराइयो ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकाश समितिका अध्यक्ष शेर्पाले नेपालभरि रहेका गुम्बाको अध्यावधिक गरी व्यवस्थापन गर्ने मूल उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले नेपालको जम्मभूमि भनि गर्व गर्न मात्र नभएर बुद्ध सम्बन्धि ज्ञान लिन सम्पूर्णमा आग्रह गरे । उनले बुद्धको किताब त्रिपिटकको अध्ययन गर्न सुझाव पनि दिए ।

समितिका कार्यकारी निर्देशकओमबहादुर दोङ्गले विगत लामो समयदेखि बौद्ध धर्म, संस्कृति संग जोडिएका विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए ।