तीजमा टिकटक बनाउनभन्दा महिलाका मुद्दा उठाऔं आरजु राणा देउवा

२ बर्ष अघि

२0७९ भाद्र २ बिहीबार

तीजमा टिकटक बनाउनभन्दा महिलाका मुद्दा उठाऔं  आरजु राणा देउवा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाका समस्यालगायत मुद्दा उठाउनुपर्ने बताएकी छन्।

महिलाका मुद्दा, बेदना र भावनाका चर्चा तीजमा हुनुपर्ने उनले बताइन्। नेपाल महिला संघ केन्द्रीय समितिले काठमाडौंमा मंगलबार गरेको कार्यक्रममा बोल्दै उनले पछिल्लो समय तीजमा मौलिकता हराउँदै गइरहेको बताइन्।


‘तीजमा महिला अधिकार कुरा गरौं, महिलाका मुद्दा उठाऔं,’ उनले भनिन्, ‘तीजको महत्व र गरिमा घट्न दिन हुन्न। टिकटक बनाएर रमाइलो गर्नुभन्दा महिलाका मुद्दा उठाऔं।’

उनले स्थानीय तह चुनावको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको बताइन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पनि पार्टीलाई ठूलो बनाउनका लागि सबै जुट्नुपर्ने उनले बताइन्।

‘आमचुनावबाट कांग्रेसलाई एक नम्बरको पार्टी बनाउनुपर्छ। यसका लागि सबै जुटौं,’ उनले भनिन्, ‘चुनाव तयारीमा सबै इमान्दारिताका साथ लागौं।’