भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

२ बर्ष अघि

२0७९ भाद्र २ बिहीबार

भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

काठमाडौ । भारत र जिम्बावेबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि सुरु हुँदैछ । पहिलो खेल दिउँसो एक बजे हरारेमा सुरु हुनेछ । भारत र जिम्बावेबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार हुनेछ । यसैबीच पाकिस्तान र नेदरल्यान्डबीच आज दोस्रो एकदिवसीय क्रिकेट हुँदैछ । खेल रोटरडममा दिउँसो पौने ३ बजे सुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा नेदरल्यान्डलाई पाकिस्तानले १६ रनले हराएको थियो । तेस्रो खेल आइतवार हुनेछ ।