नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

२ बर्ष अघि

२0७९ भाद्र २ बिहीबार

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

काठमाडौँ । नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । यसअघि सदनले पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ८ बुँदे सन्देशसहित सदनमै फिर्ता पठाएकी थिइन्। यो सँगै संसदमा पुन नागरिकता विधेयकको विषयमा छलफल सुरू भएको छ ।