दार्चुला जीप दुर्घटना अपडेट : पाँचै जना मृतक बझाङ बुंगलका

२ बर्ष अघि

२0७९ भाद्र १ बुधबार

दार्चुला जीप दुर्घटना अपडेट : पाँचै जना मृतक बझाङ बुंगलका

दार्चुला ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा बुधबार दिउँसो से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु छ ।

जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको परिचय खुलेको छ । उनीहरु बझाङको बुंगल नगरपालिका–८ का स्थानीयबासिन्दा भएको र रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुंगल नगरपालिका —८ का हिक्मत जागरी, पुने बोहरा, उजाले बोहरा र रैभान बोहराको मृत्यु भएको हो । यस्तै सोही ठाउँकी चम्पा बोहराको पनि मृत्यु भएको छ । उनीहरुको बिस्तृत विवरण अझै खुलेको छैन् । प्रहरीका अनुसार घर–परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।

यस्तै उक्त दुर्घटनामा घाइते भएका ९ जनाको पनि परिचय खुलेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका —३ बस्ने वर्षीय ५० गोमति धामी,सोही ठाउँ बस्ने ३० वर्षीय गोमति धामी, मालिकार्जुन —६ बस्ने ४० वर्षीय रेवती धामी, मालिकार्जुन—३ की ४२ वर्षीय रुपा धामी जिप दुर्घटनाबाट घाइते भएकी छिन् ।

यसैगरी मालिकार्जुन गाउँपालिका — ३ का २१ वर्षका सुमन सिह धामी, महाकाली नगरपालिका — ३ का ३५ वर्षीय रमेश लोहार, बैतडीको डिलासैनी गाउँपालिका —३ का २१ वर्षीय प्रदीप राना,बझाङको बुङगलनगरपालिका— ८ का वर्ष ६८का धन बहादुर जागरी र महाकाली नगरपालिका —७ बस्ने वर्ष २५ का दिलाराम कोली घाइते भएका छन् ।

जीप सडकबाट करिब अढाई सय मिटर तल भीरमा खसेको प्रहरीले जानाएकाे छ  ।