महेन्द्र नमुना मा.वि लाई १६ लाख ५० हजार अनुदान सहयाेग

५ बर्ष अघि

२0७५ आश्विन ८ सोमबार

महेन्द्र नमुना मा.वि लाई १६ लाख ५० हजार अनुदान सहयाेग

सुलाेचना महता असाेज ८ दार्चुला 

महाकाली नगरपालिकाले सदरमुकाम खलंगामा रहेको श्री महेन्द्र नमुना माध्यमिक विद्यालयलाई १६ लाख ५० हजार अनुदान दिन भएको छ । 
CTEVT बाट सम्वन्ध प्राप्त नमुना मा.वि का प्राविधिक धार तर्फ ३ वर्षे डिप्लोमा इन सिभलिं इजिनियरका विद्यार्थीहरुको कक्षा उद्द्याटन गरी एक कार्यक्रमका बिच घोषणा गरेको छ । महेन्द्र नमुना मा.वि ले प्राविधिक शिक्षा तर्फ यसै साल देखि ३ वर्षे डिप्लोमा इन सिभलिं इजिनियर कोर्ष पठनपाठनका लागि १६ लाख ५० हजार रिण निकालेर डिप्लोमा इन सिभलिं इजिनियर पढने विद्यार्थीहरुका लागि पाठ्यक्रम देखि लिएर कम्प्युटर, ल्यावका सामग्रीहरु तथा भौतिक साम्रगी ल्याएकोमा महाकाली नगरपालिकाले उक्त खर्च व्यहेर्ने महाकाली नगरपालिकाका नगर प्रमुख हसं राज भट्ट बताउनु भएका छन् ।


 विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा महाकाली नगरपालिका वाड नं. ४ का वडा अध्यक्ष पुष्कर राज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा महाकाली नगरपालिकाका प्रमुख भट्टले महेन्द्र नमुना मा.वि लाई गत आर्थिक वर्षमा १३ लाख ५० हजार रुपैँया विद्यालयमा फर्निचरको अभाव रहेकोमा उपलब्ध गराएको तथा भावि दिनहरुमा नगरपालिकाले गुणस्तरीय शिक्षाको लागि  नगरपालिकाले शिक्षा निमावली पारित गरेकोमा शिक्षा निमावली भित्र छुटेका कुराहरु अझै समावेश तथा संशोधन गरीने हंस राज भट्टले बताएका छन् ।
माध्यमिक तहको सम्पुर्ण जिम्मेवारी स्थानिय तहलाई सरकारले दिएकाले पनि निमावली बनाएर शिक्षा क्षेत्रको विकास गर्ने नगर प्रमुख भट्टले बताउनु भयो ।  नगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा शिक्षकको भर्ना रिक्त रहेकोमा त्यसलाई व्यवस्थित गर्ने, नगरपालिका भित्र रहेका जेहेनदार विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्ने महाकाली नगरपालिकाका नगर प्रमुख भट्टले जानकारी दिनु भएको छ ।