चिनियाँ नागरिकले लिएको बिजनेस भिसा , अलपत्र हुँदै नेपाली ब्यापारी

२ बर्ष अघि

२0७९ श्रावण ३१ मंगलवार

चिनियाँ नागरिकले लिएको बिजनेस भिसा , अलपत्र हुँदै नेपाली ब्यापारी

काठमाडौँ,  । पछिल्लो पाँच वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।   यो पनि समाचार ओलीको पालामा ठेक्का पाएको बदनाम चिनियाँ कम्पनीले सडक निर्माण बर्बाद पार्यो

चीनद्वारा तातोपानी नाका बन्द
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा विजनेश भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडी छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन् । सन् २०१७ मा १ हजार ५ सय ७९ , २०१८ मा १ हजार २ सय ८९ , २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिककले विजनेश भिसा लिएका छन् ।

उईगर मुस्लिममाथिको दमन,सदामलाई चीनले फर्किन भिसा दिएन पत्नी नादिला घरमै नजरबन्द
चीनबाट भिसा आवेदनकमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ । विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ । भारती नागरिकका लागि भने नेपालमा भिसाको आवश्यक पर्दैन ।