दार्चुलाको एक विद्यालय दुई विद्यार्थी, तीन शिक्षक

२ बर्ष अघि

२0७९ श्रावण ३१ मंगलवार

दार्चुलाको एक विद्यालय दुई विद्यार्थी, तीन शिक्षक

दार्चुला । दार्चुलाको एक विद्यालयमा दुई जना विद्यार्थी मात्रै भेटिएका छन् । जिल्लाको महाकाली नगरपालिका–९ दत्तुस्थित केदार आधारभूत विद्यालयमा दुई जना विद्यार्थी मात्र भेटिएका हुन् ।  सो विद्यालयमा तीन जना शिक्षक कार्यरत रहेको पाइएको छ । विद्यालयमा स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना शिक्षक अध्यापनरत रहेको पाइएको हो ।  नगरपालिकाका प्रमुख नरसिंह चैंसिरले अनुगमन गर्न जाँदा सो विद्यालयमा कक्षा १ र २ मा दुई जना मात्रै विद्यार्थी भेटिएका बताइएको छ ।  यता नगरपालिकाको शिक्षा शाखाले भने सो विद्यालयमा चालु शैक्षिक सत्रमा १४ जना विद्यार्थी भर्ना भएका जनाएको छ ।