आज साउनको अन्तिम सोमबार, शिवालयमा भिड

२ बर्ष अघि

२0७९ श्रावण ३0 सोमबार

आज साउनको अन्तिम सोमबार, शिवालयमा भिड

काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। आज काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ। साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ तथा दान गर्छन्। साउनको सोमबार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ।