तीन वर्षे सिबिल इनिजिनियर कोर्षको उदघाटन् दार्चुला जिल्लामा ५ ठाउँमा प्राबिधिक कोर्ष सञ्चालन हुदै 

५ बर्ष अघि

२0७५ आश्विन ८ सोमबार

तीन वर्षे सिबिल इनिजिनियर कोर्षको उदघाटन् दार्चुला जिल्लामा ५ ठाउँमा प्राबिधिक कोर्ष सञ्चालन हुदै 

दिपक सिह धामी, ललित सामन्त असोज ०८ दार्चुला ।
श्री महेन्द्र नमुना माध्यमिक विधालय खलंगा दार्चुलामा  बाट सम्बन्धन प्राप्त तिन वर्षे  सिबिल इनिजिनियर कोर्षको एक कार्यक्रमका बिच उदघाटन गरेको छ ।
महाकाली नगरपालीका वडा नम्बर ४ का वडा  अध्यक्ष तथा विधालय व्यवस्थापन समिति  अध्यक्ष पुष्कर राज जोशी को अध्यक्ष्तामा सञ्चालन गरिएको कार्यक्रममा महाकाली नगरपालीकाका नगर प्रमुख हशं राज भट्ट  प्रमुख अतिथी रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको विष्टिट आर्थित्यतामा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल कम्निष्टपार्टीका जिल्ला अध्यक्ष गणेश सिह खत्रीले शिक्षा क्षेत्रमा कमीआएको र शिक्षा क्षेत्रमा लगानीमैत्री वाताबरण बनाउनु पर्नेमा जोड दिनु भएको  छ । त्यस्तै शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले दार्चुलाका धेरै जसो विद्यालयहरुमा नपुगेको र पुगेका विद्यालयहरुमा शिक्षा क्षेत्रमा राम्रो लगानी भएको बताएका छन् । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी पनि रहनु भएका नगर प्रमुख हंशराज भट्टले आर्थिक वर्षमा शिक्षा क्षेत्रमा लगानी लगाउने र यस आर्थिक वर्षमा नगरपालीकाले महेन्द्र नमुना मा वि खलंगालाई भवन वितण गर्ने र नैतिक शिक्षा र व्यवहारीक शिक्षामा लगानी गर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा बोल्दै पुस्कर राज जोशीले छात्र वृति र नैतिक शिक्षमा जोड दिएकोमा धन्यबाद समेत दिनु भएको छ । कार्यक्रममा विधार्थी, शिक्षक,अभिभावक तथा सञ्चारकर्मी हरुको सहभागीता रहेको थियो । कार्यक्रम विधालयका सहायक प्रधानाध्यापक दामोदर जोशी ले सञ्चालन गर्नुभएको थियो ।


आर्थिक वर्ष २०७५ ÷७६ बाट दार्चुला जिल्लामा ५ वटा ठाउमा प्राविधिक कक्षाहरु सञ्चालनमा आएका छन ।  जस्माम महेन्द्र नमुना मावि खलंगा, राष्टिय मावि दत्तु, मालिकार्जुन मावि मड प्रेमगनर , गोकुलेश्वर मावि गोकुले र सम्पाल मावि सुनसेरामा पनि पढाईहरु सञ्चालन भईरहेको छ ।