निर्वाचनका लागि दल दर्ता गर्न ३ दिन मात्रै बाँकी

२ बर्ष अघि

२0७९ श्रावण २९ आईतवार

निर्वाचनका लागि दल दर्ता गर्न ३ दिन मात्रै बाँकी

काठमाडौँ । आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अहिलेसम्म ४० राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।