सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

२ बर्ष अघि

२0७९ श्रावण २९ आईतवार

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।