गठबन्धन गर्नुको कारण डर र कर दुवै हो रामचन्द्र पौडेल

२ बर्ष अघि

२0७९ श्रावण २९ आईतवार

गठबन्धन गर्नुको कारण डर र कर दुवै हो  रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन डर र कर दुवै भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता र बाध्यता दुवै भएको बताएका हुन् । गठबन्धन गर्नुको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता पौडेलले भने ‘गठबन्धन डर र कर दुवै हो, हामीहरुले गठबन्धन नगरे अरु दलले गर्छन् ।’ आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । उनीहरुले सिट बाँडफाँटका लागि कार्यदलसमेत गठन गरेका छन् ।