भदौ ५ गतेदेखि दार्चुला सहित सुदूरका पाँच जिल्लामा बालबालिका लक्षित खोप अभियान

२ बर्ष अघि

२0७९ श्रावण २९ आईतवार

भदौ ५ गतेदेखि दार्चुला सहित सुदूरका पाँच जिल्लामा बालबालिका लक्षित खोप अभियान

दार्चुला । भदौ ५ गतेदेखि दार्चुला सहित सुदूरपश्चिमका ५ जिल्लामा बालबालिकालक्षित कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ । दार्चुला,बैतडी,  अछाम, डोटी र बाजुरमा ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय दार्चुलाका  प्रमुख जयराज  भट्टले बताए ।  फाइजर खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको भट्टले बताए ।सरकारले दोस्रो चरण अन्तर्गत सुदूरपश्चिमका ५ जिल्लासहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दैछ ।  भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।