कार्तिक ८ गते देखि दार्चुलामा धार्मीक महायज्ञ लाग्ने 

५ बर्ष अघि

२0७५ आश्विन ८ सोमबार

कार्तिक ८ गते देखि दार्चुलामा धार्मीक महायज्ञ लाग्ने 

सुलोचना महता असोज ७ गते दार्चुला  । 
कार्तिक ८ गते देखि १६ गते सम्म “मानस खण्ड दार्चुला श्रीमद भागवत महायज्ञ”  मुल नाराका साथ महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगा दार्चुलामा महायज्ञ लाग्ने भएको छ । प्राविधिक विद्यालयका लागि सह्योग र बानी व्यवहार सुधार गर्ने उद्देश्यले विद्यालयमा महायज्ञ सञ्चालन गरिन लागेकोे महेन्द्र नमुना मा.विका प्रधानाध्याक राम दत्त जोशीले बताउनु भएको छ । 
यसपालि लाग्ने महायज्ञमा चार हजार जति कलस ल्याउने तथा महायज्ञमा बिहानै योग, दिनमा प्रवचन, भजनकृतन, बेलुकी सात बजेसम्म नैतिक शिक्षा र राति पनि विभिन्न कार्यक्रम गरीने जोशीले जानकारी दिनुभएको छ । मानस खण्ड दार्चुला धार्मिक महोत्वसवका लागि २०७५ साल ६ महिना २ गतेका दिन समित पनि गठन गरीएको छ । जसमा महोत्वसवका संयोजक करबिर कार्कीको  अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक राम दत्त जोशी सचिव भरत बहादुर चन्द, कोषाध्यक्ष  केशव दत्त अवस्थी लगायत १३ जनाको समिति गठन गरीएको छ । यसै समितिको निर्यण अनुसार रामदत्त जोशी, भरत बहादुर चन्द र केशवदत्त जोशीको नाममा खाता खोलिने भएको छ । 


आयोजक समितिले मानस खण्ड दार्चुलाको धार्मिक महोत्सवमा दानगर्ने दान दाताहरुको लागि विभिन्न रकम बराबर सम्मान गरीने निर्यण गरेको छ । रु १ सय १ देखि ५ सय दान गर्नेलाई रसिद प्रदान गर्ने, रु ५ सय १ देखि २ हजार सम्म दान गर्नेलाई रसिद र रामनामी दिने, रु २ हजार १ देखि ४ हजार ५ सय सम्म दान गर्नेलाई रसिद, रामनामी र सम्मान पत्र,   रु ४ हजार ५ सय १ देखि ११ हजार  सम्म दान गर्नेलाई रसिद, रामनामी र सादा फेम उपलब्ध गरिने भएको छ । भने रु ११ हजार १ देखि २१ हजार  सम्म दान गर्नेलाई रामनामी सहित स्तरीय फेम सहित सम्मान पत्र,  रु २१ हजार १ देखि ५१ हजार  सम्म दान गर्नेलाई सम्मान सहित चाँदीयुक्त फेमबाट सम्मान गरीने, ५१ हजार १ देखि १ लाख सम्म दान गर्नेलाई माथिका सम्मान सहित नगर परिक्रमा गराईने, १ लाख १ देखि २ लाख सम्म दान गर्ने दान दातालाई सम्मान सहित पत्रिकामा प्रकाशन गराइने, २ लाख १ देखि ५ लाख सम्म दान गर्ने सम्मान सहित विद्यालय परिसरमा अर्धकदको शालिक राखिने, ५ लाख १ देखि १० लाख सम्म दान गर्ने दान दातालाई सम्पुर्ण सम्मान सहित उचित सम्मान दिइने मानस खण्ड दार्चुलाको धार्मिक महोत्सवका आयोजक समितिले जानकारी दिनुभएको छ । 
दान हामीले नगरे कसले गर्ने, दान यहाँ नगरे कहाँ गर्ने र दान अहिले नगरे कहिले गर्ने भन्ने मुल वाक्यलाई आत्मसात गरेर मानस खण्ड दार्चुला धार्मिक महोत्सवको समिति तथा  आयोजकले चौरासी दान, कन्या पुजन, शालीगा्रम पुजन, तुलादान, भुमीदान, अन्नदान, गौदान र पितृदान लगायतका दान गर्न सकिने महोत्सव निणर्य पारित गरेको छ । भने बा्रहमण दान एक दिनको लागि ७ हजार ५ सय ५ रुपैँया दान गरेमा बा्रहमण दान गरेको मानिने, आरती सेवा एकपटकको लागि १ हजार ५ सय ५ रुपैँया दिएमा दिने व्यक्तिको तर्फबाट दान गरेको मानिने, विशेष पुजाको लागि रु २ हजार ५ सय ५ रुपैँया, बा्रहमणको लागि वरण वा वस्त्र रु ५ हजार ५, व्रतबन्ध तथा उपासन रु २ हजार ५ सय ५ रुपैँया दान गरेका दान दाताको तर्फबाट दान गरेको मानिने समितिले पारित गरेको छ ।   मिति  एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा गत वर्ष २ लाख र १ लाख पुरुस्कार प्राप्त गरेको तथा  यसपाली देशभरी ३ सय विद्यालय १ हजार भन्दा बढी विद्यार्थी भएको तथा उत्कृष्ट  विद्यालय भएकाले नेपाल सरकारबाट १० लाख अनुदान प्राप्त  गरेकोमा विद्यालयको प्रयोजनका लागि उपयोग गरेको जोशीले जानकारी दिनुभएको छ । विद्यालयकै निजि सम्पतिबाट खोलिएको डिप्लोमा इन सिभिलिङ इनिजिनियर कोषको असोज ८ गते देखि पढाई हुने तथा अन्य ठाउँमा प्रवेशिका परिक्षा दिएर बसिरहेकाहरुले पनि विद्यालयमा  हाल ४ वटा कोटा अझै खालिरहेका हुनाले इच्छुक विद्यार्थीहरुले डिप्लोमा इन सिबिल इनिजिनियर कोर्ष पढाई हुन प्रधानाध्याक जोशीको भनाई छ ।