आउँदो चुनावमा म्यादी प्रहरीको सङ्ख्या बढ्छ आईजीपी सिंह

२ बर्ष अघि

२0७९ श्रावण २८ शनिबार

आउँदो चुनावमा म्यादी प्रहरीको सङ्ख्या बढ्छ आईजीपी सिंह

काठमाण्डौ – आउँदो सङ्घ र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् । आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक ९आईजीपी० धीरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले अहिलेलाई म्यादी प्रहरीको सङ्ख्या यकिन नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गएको पालिका चुनावमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउँदो चुनावमा म्यादी प्रहरीको सङ्ख्या पालिका चुनावको भन्दा धेरै हुनेछ । पालिका चुनावमा भर्ना भएका म्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ । त्योभन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ । हामी मङ्सिर ४ को चुनावको तयारीमा छौँ ।’ आईजीपी सिंहले नेपाल प्रहरी चुनावको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनुभयो ।