दार्चुलाका कुन स्थानिय तहमा कति बेरुजु

२ बर्ष अघि

२0७९ श्रावण २८ शनिबार

दार्चुलाका कुन स्थानिय तहमा कति बेरुजु

दार्चुला । दार्चुलाका स्थानीय तहहरुमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार जिल्लाका स्थानीय तहहरुको आर्थिक बर्ष २०७७÷०७८ सम्मको प्रतिबेदनमा देहाय अनुसार बेरुजु देखाएको छ । जिल्लाको सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा २९ करोड ५३ लाख ८१ हजार रहेको छ । यस्तै मालिकार्जुन गाउँपालिका २३ करोड ४८ लाख ५४ हजार, महाकाली नगरपालिका १५ करोड ९५ लाख १७ हजार, मार्मा गाउँपालिका ९ करोड ८७ लाख ८६ हजार, व्यास गाउँपालिका ९ करोड ३६ लाख ४४ हजार, लेकम गाउँपालिका ६ करोड ६४ लाख ६२ हजार, अपिहिमाल गाउँपालिका ५ करोड ५५ लाख ८० हजार, दुहु गाउँपालिका ३ करोड ९२ लाख ३७ हजार, र सबैभन्दा कम नौगाड गाउँपालिका १ करोड ९६ लाख १० हजार बेरुजु देखाएको छ ।