सुन चोरेको आरोपमा एक युवक पक्राउ

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

सुन चोरेको आरोपमा एक युवक पक्राउ

दार्चुला । गोकुलेश्वरमा सुनको गहना चोरेर शौचालयभित्र लुकाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

शैल्यशिखर नगरपालिका—४ का उत्तर ठगुन्नाको झोलाबाट सुनको गहना चोरी गरेको आरोपमा शैल्यशिखर—२ रौतेउडाका १९ वर्षीय विनोद लुहारलाई पक्राउ गरेको हो ।
शुक्रबार नौगाडबाट गोकुलेश्वर बजारसम्म  आउने क्रममा विनोद खलासी रहेको सवार  से १ ज ८३४ नम्बरको जीपमा उत्तर सवार थिए ।
जीपमै उत्तरले झोलाबाट सुनको गहना हराएको भन्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा खबर गरेका थिए ।

 ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा प्रहरी प्रमुख प्रहरी निरिक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गरेको हो ।
खोजतलास गर्ने क्रममा विनोदले गोकुलेश्वर बजारस्थित रहेको बिष्ट होटलको शौचालयभित्र उक्त रिङ लुकाएर राखेको अवस्थामा फेला पारेको हो।

प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ।