भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहभागिता हुदै

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहभागिता हुदै

एजेन्सी । भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहितको कार्यक्रममा सहभागिता जनाउदै प्रमुख अतिथिका रुपमा नेपाल आउन लागेका छ्न ।  नेपालमा आयोजना हुने उक्त कार्यक्रममा पुर्ब राजा ज्ञानेन्द शाह समेत धार्मिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउने  कार्यक्रम रहेको छ । नेपालमा अहिले हिन्दु राष्ट्रको माङ बढेको बेला राम महायज्ञ हुने भएको हो । नेपालमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री माननीय महाराज योगिको आगमनले नेपालमा धर्मिक यात्रा झन बलियो र धार्मिक महत्त्व बढेको हो । भदौं १३ गते बिहान ८ बजे पशुपति नाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथले त्यस पछि १० बजे सनातन धर्म अनुष्ठान नेपालको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको ईतिहासिक धार्मिक स्थल मध्यउनी  दिउँसो १२ बजे भगवान गौतम बुद्ध लुम्बिनीमा दर्शन गरेर नवलपरासीमा हुने दिउँसो २ बजे धर्मिक सम्मेलनमा १ घन्टा प्रवचन गर्ने र सहभागी हुने बताएईको छ । यश कार्यक्रम पछि मुख्यमन्त्री योगि भारत फर्किने हुन उनको योकार्यक्रम नितान्त नै धर्मिक पुर्ण रहेको हो यसमा उनको राजनीतिक स्वार्थ नरहेको पनि बिज्ञले बताएका छ्न । नेपाल भारत सम्बन्धको एउटा् छुट्टै इतिहास छ । यो कुनै वैदेशिक बाट हुने चलखेल भन्दा धेरै नै महत्त्वपूर्ण हो । कसैले यसलाई छुट्टाउनु र तोडने प्रयास गरे सम्भव नहुने भन्दै बिज्ञहरुले बताएका हुन ।