चाैमिन बेचेर मासिक २० हजार अाम्दानी राेजगारीका लागी भाैतारीनु नपर्ने महराकाे भनार्इ

५ बर्ष अघि

२0७५ आश्विन ७ आईतवार

चाैमिन बेचेर मासिक २० हजार अाम्दानी राेजगारीका लागी भाैतारीनु नपर्ने महराकाे भनार्इ

ललित सिह सामन्त दृष्टिकोण समाचार दार्चुला 
मारिया चौमिन सेन्टर दार्चुलाले चौमिन बेचेर  मासिक २० हजार बराबरको आम्दानी गदै आएका छन् । 
आफनो बाल्यकाल देखि नै होटेल व्यवसाय गदैआएका होटल सञ्चालक भवान सिह महाराले आफनो १२ वर्षको उमेरमा भारतको धारर्चुलामा दुध वेचेर आफनो घर परिवार चलाएका थिए । भने विगत लामो समय सम्म दार्चुलामा नै चौमिन सेन्टरबाटै आफनो घरपरिवार चलाउदै आएका छन् । 
भवान सिह महराले बेरोजगार युवाहरुलाई व्यवसाय गरेर पनि केही गर्न सकिने उदाहरणका पत्र बन्दै महराले दुई दुई ठाउँमा होटेल खोलेर ब्यवसाय चलाईरहको बताएका हुन । एउटा दाई महेन्द्रनगरको झलारीको कालापानी भन्ने ठाउँमा बस्दैआएको पनि महराले बताउनु भयो ।  
आफनो पढने उमेरमा नै दुध बेच्ने गरेकाले  पढाईलाइ निरन्तरता दिन नसक्नु प्रर्ति महरा अहिले पछुताउनु परेको पनि बताए । विगत केही बर्षसम्म एउटा सानो पसल बाट नै गा्रहाक हरुलाई सेवा दिइ रहेको बेला विगत केही महिना यता महेन्द्र नमुना स्कुलबाट  अहिले होटल सञ्चान गरिरहेको बताउनु भयो । काम गरेपछि काम सानो ठुलो नहुने भएकाले केही गर्न सकेमा आफनै देशमा रोजगारीका अवसरहरु भएको महाराको बुझाई छ ।