उत्तराखण्डका मुख्यमन्त्रीले भारत–चीन सीमा नजिकै ‘हर घर तिरंगा’ अभियान चलाए

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

उत्तराखण्डका मुख्यमन्त्रीले भारत–चीन सीमा नजिकै ‘हर घर तिरंगा’ अभियान चलाए

नयाँ दिल्ली । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले केन्द्र निति नियम एवं निर्देशनको पालना गर्दै ‘हर घर तिरंगा’ अभियानलाई भारत–चीन सीमामा रहेको राज्यको चमोली जिल्लाका आदिवासी गाउँहरूमा अभियान चलाएको छ । सेनाका जवान र गाउँका बासिन्दाले राष्ट्रिय झण्डा बोकेर ‘भारत माता की जय’ नारा लगाएर अभियानमा सहभागी भएका थिए । धामीले ‘हर घर तिरंगा’ लाई प्रत्येक व्यक्तिको अभियानको रुपमा रहेको भने । हातमा राष्ट्रिय झण्डा बोकेर ‘भारत माता की जय’ नारा गर्दै सेनाका जवान र झण्डै एक दर्जन आदिवासी गाउँका बासिन्दाहरू उत्साहका साथ अभियानमा सामेल भए । यहाँबाट करिब एक सय किलोमिटर टाढाको सीमावर्ती गाउँ मलारीमा कार्यक्रम भएको थियो । कार्यक्रममा कैलाशपुर, महरगाउँ, कोशा, द्रोणागिरि, नीति, बम्पा, गमशाली, फारकिया, झेलम, कागा, गरपाक, मलारी लगायतका सीमावर्ती गाउँका जनजाति पुरुष तथा महिलाहरुको सहभागिता रहेको थियो । ‘हर घर तिरंगा हरेक व्यक्तिको अभियान बनेको छ,’ धामीले भने । स्थानीय आदिवासी महिलाले मुख्यमन्त्रीको हातमा रक्षासूत्र बाँधेर परम्परागत पौना नृत्य प्रस्तुत गरी स्वागत गरेका थिए ।