नेकपा एमाले अध्यक्ष ओलि र राप्रपा बिच तालमेलको खेल

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

नेकपा एमाले अध्यक्ष ओलि र राप्रपा बिच तालमेलको खेल

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धन दलहरूले चुनावी तालमेल गरेका छन् । नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी जसपा नेपाल, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय जनमोर्चा ९राजमो०ले चुनावी तालमेल गरेका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनका दलरूले चुनावी तालमेल गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०लाई संकट परेको छ । पाँच दलसँग एक्लै चुनावी मैदानमा भिड्न उसलाई संकट परेको हो ।

२०७४ सालको निर्वाचनमा पहिलो पार्टी बनेको एमाले आगामी चुनावमा पहिलो बन्ने सम्भावना न्यून छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचको मत परिणामअनुसार दोस्रो बनेको छ । यो परिणामलाई आधार मान्ने हो एमाले संघ र प्रदेशको निर्वाचनमा पहिलो पार्टी बन्ने सम्भावना न्यून रहेको सत्यलाई नकार्न सकिँदैन ।

तथापि अहिले पनि एमाले पहिलो पार्टी बन्ने दम्भ देखाउँदै आएको छ । अध्यक्ष केपी शर्मा संसदमै खुलेआम एमाले पहिलो पार्टी बन्ने दाबी गर्छन् भने– ‘स्थानीय चुनावमा केही सीट तलमाथि भए पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले नै हो । सत्ता गठबन्धनलाई चुनाव जिताउन राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भएको ओलीले बैठकमा दाबी गरे । गठबन्धन सरकारले पञ्चायतकालमा भन्दा बढी धाँधली गरेको उनको भनाइ थियो ।’