कम्युनिस्ट सरकारले गर्न नसकेको काम काङ्ग्रेस गरेर देखाउदा नेपालीहरुको मानसम्मन बढयो परराष्ट्रमन्त्री खडका

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

कम्युनिस्ट सरकारले गर्न नसकेको काम काङ्ग्रेस गरेर देखाउदा नेपालीहरुको मानसम्मन बढयो परराष्ट्रमन्त्री खडका

काठमाडौ ।  सरकार गठनको एक वर्षपछि नेपालको तर्फबाट उत्तरी छिमेक चीनको तीन दिने औपचारिक उच्चस्तरीय भ्रमण सकेर फर्किने तयारी रहेको नेपाली काङ्ग्रेसकातर्फ बाट परराष्ट्रमन्त्रीले यश पटक चीनलाई निकै गर्हो बनाएका छ्न । यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विश्वासको वातावरणलाई बलियो बनाउँदै नेपाललाई आर्थिक लगायत विभिन्न क्षेत्रमा सहयोग प्राप्त भएको छ ।
शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालले सुरुमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसदबाट अनुमोदन र त्यसपछि युक्रेन–रुस संकटमा युक्रेनको पक्षमा संयुक्त राष्ट्र संघ ९यूएन० मा मतदान गरेको थियो । त्यसपछि देउवा सरकारलाई ‘पश्चिमा तिर ढल्केको’ भन्ने अरोप लाग्यो । तर अहिलेसम्म कम्युनिस्ट नेताहरूले समेत गर्न नसकेको काम नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकारले गरेको छ । अहिके नेपालले सिमा सुरक्षा देखि लिएर नाकाबन्दी सम्मको कुरा उठाउने हिम्मत गरेको छ । यश अघि पुर्ब प्रधानमन्त्री केपि ओलिले चीन सामु लम्पसार परेका कारण कति योजनाहरु असफल हुने अवस्थामा हो । परराष्ट्रमन्त्रीले अहिले ती परियोजनालाई सुधार गराउदै चीन सङ नेपालको रहेका विभिन्न समस्याको समेत समाधान बाटो निकालेका छ्न । केही महिना पहिले काङ्ग्रेसको बारेमा लिएर चीन देउवा सरकारप्रति सशंकित बनेको थियो ।
परराष्ट्रमन्त्री खड्का मंगलबार चीन भ्रमणमा निस्केसँगै चीन देउवा सरकारलाई प्रसंशा गर्न थालेको छ । हुन त नेपालले कहिले छिमेकी गलत चाहन्न तर आफ्नो सिमा सुरक्षाको कुरा उठाउने साहस देउवा सरकारले देखाएको छ साथै चीन बिरोधि गतिविधि हुन नदिने पनि जनाएको छ । किनकि केही दिन अघिमात्र अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन् । जसको प्रतिरोधमा चीनले आफ्ना छिमेकीहरुसहित विश्वभरका मुलुकहरुमा फेरि एक चीन नीतिलाई लिएर साथ खोजिरहेको छ । यहि पृष्ठभूमिमा नेपालको तर्फबाट चीनको भ्रमण हुनु र एक चीन नीतिमा पटक–पटक वार्ता र वक्तव्यमा दोहो¥याउनुले काठमाडौंको बेइजिङको प्रसंशा सूचीमा परेको छ । अहिले चीनले देउवा सरकारको प्रशंसा समेत गरेको छ ।

बेइजिङ प्रसन्न भएकै कारणले निर्वाचनको नेतृत्वमा रहेको सरकारले भ्रमण गर्दा पनि बुधबार नेपाललाई १५ अर्बभन्दा बढी रकम अनुदान सहयोग दिने निर्णय ग¥यो । साथै, लामो समयदेखि अध्ययन गर्ने भनेर आर्थिक पाटोको छिनोफानो हुन बाँकी रहेको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्य अध्ययन चीनको अनुदान सहयोगमा अगाडि बढाउने वाचा ग¥यो । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको चिनियाँ पक्षले नै पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । उक्त रेलमार्ग अगाडि बढाउने सम्बन्धमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका दौरान सन् २०१९ मा तय भएको थियो ।