१६५ सिटमध्ये गठबन्धनका दलको दाबी कट्यो २१०, कुन दलको कति दाबी

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

१६५ सिटमध्ये गठबन्धनका दलको दाबी कट्यो २१०, कुन दलको कति दाबी

काठमाडौ । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन हुनसक्ने संकेत देखिएको छ ।

नेपाली काँग्रेसले १०० सिट, नेकपा माओवादी केन्द्रले ५० र नेकपा एकीकृत समाजवादी पार्टीले ३३ सिट दाबी गरेका छन् । यी दलका नेताहरुले खुलेरै यसबारे बोलिसकेका छन् । अहिले माग भएको यी सिटमात्र जोड्ने हो भने मात्र पनि १६५ कट्छ ।

जनता समाजवादी पार्टीको पनि आफ्नै माग छ । उसले पनि कम्तिमा २० देखि २५ सिट दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय जनमोर्चाको पनि कम्तिमा ५ सिट माग हुने देखिएको छ ।

बाबुराम भट्टराईको नयाँ दलले पनि ५ सिट दाबी गर्ने संकेत गरिसकेको छ । बाबुराम भट्टराई र महेन्द्र राय यादव उक्त दलबाट बहालवाला सांसद नै छन् । हिसिला यमी र मानुषी यमी भट्टराई पनि चुनावी तयारीमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गर्ने प्रयास चलिरहेको छ । त्यस्तो अवस्थामा उसको पनि कम्तिमा २० सिट दाबी हुनसक्छ ।

गठबन्धनका दलले जति सिट दाबी गरेपनि काँग्रेसले १६५ मध्ये आधा र बाँकी दलले आधा पाउने सम्भावना छ । माओवादीले ४० देखि ४५, नेकपा एसले अधिकतम २०, जसपाले अधिकतम १५ र राष्ट्रिय जनमोर्चाले अधिकतम ३ सिट पाउने सम्भावना रहेको छ ।

यो पनि स् सकियो एमाले सचिवालय बैठक, यस्ता छन् महत्वपूर्ण निर्णय

नेकपा एमालेले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन् ।

त्यस्तै जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । गुरुङका अनुसार भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको