कांग्रेस दार्चुलाका पूर्व सभापति मानबहादर चन्द कांग्रेस विपी मा प्रवेश

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

कांग्रेस दार्चुलाका पूर्व सभापति मानबहादर चन्द कांग्रेस विपी मा प्रवेश

दार्चुला । नेपाली कांग्रेस दार्चुलाका पूर्व सभापति मानबहादर चन्द नेपाली कांग्रेस ९विपी० मा प्रवेश गरेका छन्। बुधबार कांग्रेस ९विपी० का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका उनी २०४६ सालको जनआन्दोलमा जेलसमेत परेका थिए। २०४७ सालमा दार्चुलामा नेपाली कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका थिए।

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए ।