महाकाली नगरपालिकाकाे फोहर अझै ब्यवस्थित हुन सकेन 

५ बर्ष अघि

२0७५ आश्विन ७ आईतवार

महाकाली नगरपालिकाकाे फोहर अझै ब्यवस्थित हुन सकेन 

दिपक सिह धामी दृष्टिकोण समाचार असोज ०७ दार्चुला ।
महाकाली नगरपालीका वडा नम्बर ४ बङगाबगड स्थित खानेपानी ट्याङकी पछाडि रोडमा फोहर फलेर आवत जावत गर्न समस्या भएको छ । 
दार्चुला जिल्ला सदरमुका आउनेबाटो तल मोहन विककोे जमिनमा बङगाबगडका स्थानियहरुले फोहोर फल्दा रोडमा हिड्ने मान्छे , रोड नजिकै घरभएका जग्गा धनि र स्थानिय हरुले धेरै कष्टकर जीवन बिताउनुपरेको छ ।
बङगाबगडका स्थानियहरुले घर तथा पसल बाट निष्कने फोहोर उक्त क्षेत्रमा  फाल्ने गरेकाले स्थानीयहरुलाई आवतजावत गर्न समस्या हुने गरेको स्थानीय मोहन विकले गुनासो गर्नु भयो । फाहोरका कारण  वातावरण  दुर्गन्धित हुनुका साँथै स्थानियहरुलाई आपm्नो जमिनमा फलेको फोहर हटाउन पनि समस्या भएको जग्गाधनी मोहन विकका छोराले गुनासो पोखेका छन । यस ठाउँको फोहोर ब्यवस्थापन गर्न नगरपालीका लाई भनेको तर नगरपालीकाले पनि बेवसथा गरेकाले स्थानीयहरुले सास्ती खेप्नु परेको छ । जिल्ला सदरमुकाम आउने मानिसहरुले नाक मुख छोपेर आउनुपर्ने बाध्यता रहेको महाकाली नगरपालीका १ धम्पनेराका बिक्रम सिह धामीको भनाई रहेको छ ।