ठेकेदारलाई कारवाहीको माग गर्दै विप्लवको तालाबन्दी

२ बर्ष अघि

२0७९ श्रावण २७ शुक्रबार

ठेकेदारलाई कारवाहीको माग गर्दै विप्लवको तालाबन्दी

दार्चुला । दार्चुलाको महाकाली नदी नियन्त्रण आयोजना कार्यालयमा विप्लव समूहले तालाबन्दी गरेको छ। नेपाल कम्युनिस्ट पाटी ९विप्लव०ले राजेन्द्र निर्माण सेवाका संचालक भिमबहादुर साउदलाई कारवाहीको माग गर्दै अनिश्चितकालीन समयका लागि बुधबार दिउँसो तालाबन्दी गरेको हो।

३ वर्ष अघिदेखि महाकाली नगरपालिका(१ र दुहु गाउँपालिका(३ मा पर्ने श्रीबगर क्षेत्रमा तटबन्ध निर्माणको काम अलपत्र पारी स्थानीयको उठीबास गरेको भन्दै तालाबन्दी गरेको नेपाल कम्युनिस्ट पार्टी विप्लव  दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले बताए।