एमालेले दुईतिहाइ सिट नजिते राजनीतिबाटै संन्यास लिने एमालेका नेता खगराजको घोषणा

२ बर्ष अघि

२0७९ श्रावण २६ बिहीबार

एमालेले दुईतिहाइ सिट नजिते राजनीतिबाटै संन्यास लिने एमालेका नेता खगराजको घोषणा

काठमाडौं । नेकपा एमाले का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा एमाले एक्लैले दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन्। अधिकारीले त्यसरी लड्दा एमालेले दुईतिहाइ नल्याए आफू राजनीतिबाटै संन्यास लिन तयार रहेको घोषणा गरेका छन्।


बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले भने, ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन। अब काँग्रेस एक्लै लड्न नसक्ने भयो। कांग्रेस एक्लै लड्न आओस्, हामी दुईतिहाइभन्दा बढी सिटमा जित्छौँ। यदि, हामीले दुईतिहाइभन्दा बढी सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु।’


नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा पनि दिए। ‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ। अहिलेको गठबन्धन वित्तीय गठबन्धन हो’ अधिकारीले कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाए। उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरे।


अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै अधिकारीले उत्पादनमा वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ।’ उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको सुनाए।