राष्ट्रपति भण्डारी दार्चुला आउने

२ बर्ष अघि

२0७९ श्रावण २५ बुधबार

राष्ट्रपति भण्डारी दार्चुला आउने

दार्चुला ।  राष्ट्रपति विद्या देवी  भण्डारी दोस्रो पटक दार्चुला आउने भएका छन ।  दार्चुलाको त्रिदेशिय सिमामा रहेको व्यासँ गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी दार्चुला आउने  कार्यक्रम रहेको व्याँस गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता उपेन्द्र सिह धामीले जानकारी दिनु भएको छ ।
मंगलबार दार्चुलाबाट निर्वार्चित प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाको नेत्तृवमा गएको टोलीले राष्ट्रपति विद्या देवी  भण्डारीलाई शितल निवासमा भेटघाट संगै दार्चुलाको व्यासँ गाउँपालिका भम्रणका लागि निम्तो दिएको प्रवक्ता धामीले बताउनु भयो ।  साउन ९ गते बसेको व्यासँ गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई व्यासँ गाउँपालिका बोलाउने निर्णय गरेको गाउँपालिका प्रवक्ता धामीले बताउनु भयो । 

राष्ट्रपतिले व्यासँ गाउँपालिका आएर राष्ट्रिय स्तम्भ उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटघाटमा राष्ट्रपति विद्या देवी  भण्डारीले अगामी भाद्र २५ गतेको समय दिएको छ, उक्त दिन मौसम सुधार नभए असोज ६ र ७ गते मध्ये एक दिन दार्चुला भम्रणमा आउने जानकारी गराएको उहाँले बताउनुभयो ।
राष्ट्रपति भेटन मंगलबार दार्चुलाबाट निर्वार्चित  सांसद एवं पुर्व मन्त्री गणेश सिह ठगुन्ना, व्यास गाउँपालिका प्रवक्ता एवं वडानम्बर ३ का वडाअध्यक्ष उपेन्द्र सिह धामी,वडानम्बर ५ का वडाअध्यक्ष विरसिह धामी,राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय सदस्य धनबहादुर कुवर र नेकपा एमाले जिल्ला कमिटि सदस्य खेमराज जोशी राष्ट्रपतिको कार्यालय  शितल निवास पुगेका थिए ।