दार्चुलामा थुप्रै संस्कृतिहरु भएपनि हराउदै जाने चिन्ता (फोटो फिचर) ।

५ बर्ष अघि

२0७५ आश्विन ७ आईतवार

दार्चुलामा थुप्रै संस्कृतिहरु भएपनि हराउदै जाने चिन्ता (फोटो फिचर) ।

राम सिह धामी दृष्टिकोण समाचार दार्चुला 
दार्चुला जिल्लामा रहेको दुहुँ र व्याँस गाँउपालिकामा रहेका थुप्रै संस्कृतिहरु हराउदै गएकोमा स्थानीय सरकार चिन्तीत बनेका छन । 
दुहुँ र व्याँस गाँउपालिकामा रहेको ढुस्को, ठाडोखेल, सरौँ नाच तथा विभिन्न संस्कृति झलकाउने खालका पुराना संस्कृतिहरु नास हुदै गएकाबेला दुहँु गाँउपालिकामा साँस्कृतिक महत्वसवको आयोजना गरि कला संस्कृतिको प्रर्दशन गरिएको छ । प्रापुर्व कालबाट चलिआएका संस्कृतिहरुको जगेर्ना गर्ने उदेश्यका साँथ दुहुँ र व्याँस गाँउपालिकामा लागकाे महाेत्सवमा विभिन्न पहिरनका साँथ झाँकिहरु प्रस्तुत गरि कला संस्कृतिको प्रर्दशन गरिएको छ । पछिल्लो समय हाम्रो समाजमा रहेको संस्कृतिहरु हराउदै गईरहेकाले सबै मिलेर संस्कृतिको अस्तित्व जोगाउनु आजको आवश्यकता रहेको जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्कीले बताउनु भयो । 
दुहुँ गाँउपालिकाको आर्थिक सहयोग र दुहुँ , व्याँस प्रर्यटन विकास समाज हिकीलाको सहयोगमा प्रर्यटन महोत्सव असोज ३ गतेबाट सञ्चालन गरिएको थियो । हाम्रो कला हाम्रो संस्कृति हाम्रो पहिचान , संरक्षण र जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल नारका साँथ सञ्चालन गरिएको प्रर्यटन महोत्वसवले संस्कृति पुर्नजागरण गराउन धेरै ठुलो सहयोग पुग्ने भएकाले स्थानीय सरकारले पनि गाँउकार्यपालिकाको पहिलो प्रार्थमिक्ता संस्कृतिलाई राखेको दुहँु गाँउपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो स्थानीय कदा संस्कृतिलाई भावि पुस्ताहरुमा पुगाउने उदेश्यका साँथ साँस्कृतिक महोत्वसवको आयोजना गरीएको दुहुँ व्याँस पर्यटन विकास समाजका अध्यक्ष नरेन्द्र दत्त भट्टले बताउनु भयो । 


दार्चुला जिल्लामा विभिन्न संस्कृतिहरु रहेको भएपनि पछिल्लो समय हराउदै गहिरहेका छन । पुरानो संस्कृतिको जगेर्ना गर्नु र पर्यटन विकासको पहिलो आधार भनेको संस्कृति भएकाले सबैमिलि संस्कृतिजोगाउनु आवश्यक रहेको छ । 

यस्ताे छ दार्चुलाकाे संस्कृति फाेटाे फिचर 

पुरानाे चाेला सहितकाे झाँकि 

यस्ताे छ पहिले लगार्इने चुरा पेते तथा गरगहनाहरू